हामी निराश भयौं, अब ध्रुवीकरण गरौं :नयाँ शक्ति नेताहरु - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

हामी निराश भयौं, अब ध्रुवीकरण गरौं :नयाँ शक्ति नेताहरु



काठमाडौँ ,साउन २६ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केही नेताले आफूहरु निराश भएको सार्वजनिक रुपमा बताएका छन् । मुख्य नेतृत्वकै कारण नयाँ शक्ति पार्टी संकटमा परेको भन्दै उनीहरुले पूर्वमाओवादीवीच ध्रुवीकरण हुनुपर्ने समेत बताएका छन् ।नयाँ शक्ति पार्टी नेपालका देवेन्द्र पौडेललगायतका १५ जना नेताहरुले पार्टी संयोजक डा बाबुराम भट्टराईले लिएको ‘लाइन’ प्रति असन्तुष्टि जनाउँदै सुधारका लागि भन्दै १० बुँदे अपिलसमेत जारी गरिएको छ ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँशक्ति पार्टीका संगठन विभाग प्रमुख पौडेलले भने, ‘हामीले पार्टी छाड्न नभएर पार्टीको सुधारका लागि पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’

‘हामी पार्टी छाड्दैनौँ,’ पौडेलले भने, ‘हामीले पार्टीमा नयाँ बहस शुरु गर्न लागेका हौँ ।’ पार्टीले तयार गरेको दस्तावेज र पार्टीले लिएको लाइन अमूर्त भएको आरोप लगाउँदै पौडेलले भने, ‘मात्र सम्बृद्धिको कुरा गरेर वा पाँच ‘स’ को कुरा गरेर मात्र हुँदैन । कसको लागि सम्बृद्धि, कस्तो सम्बृद्धि ? स्पष्ट हुनुपर्यो ।’