प्रहरीको कारवाहीबाट मेयरको मृत्‍यु । प्रहरीविरुद्ध खनिए अधिकारकर्मीहरु - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

प्रहरीको कारवाहीबाट मेयरको मृत्‍यु । प्रहरीविरुद्ध खनिए अधिकारकर्मीहरु



 

साउन १५,

फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेले विशेष रुपमा चलाएको लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन ।

प्रहरीले सो कारबाही फिलिपिन्सका विभिन्न नगर र ग्रामीण क्षेत्रमा पनि जारी राखेको छ । प्रहरीको सो कारबाहीमा परी आइतबार विहान एक मेयर सहित ११ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन छन्।

प्रहरीद्वारा सशक्त रुपमा सञ्चालित यस अभियानको फिलिपिन्सका जनतामा सकारात्मक प्रभाव परेको छ भने राष्ट्रपति दुतेर्ते पनि निकै लोकप्रिय भएका छन्।

यद्यपि यस कानुनले प्रहरीलाई बढी अधिकार दिएको र न्यायिक प्रक्रियामा नल्याइकनै नागरिकलाई गोली हानेर मार्ने अधिकार दिएको भन्दै मानवअधिकारकर्मीहरुले भने आलोचना गरेका छन् ।

प्रहरीले जारी राखेको यो खोजी अभियानका क्रममा ओजामिज सहरका मेयर रिनाल्दो पारोजीनोङ सहित ११ जना मारिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु मेयरको घरैमा बसेका बेला घेरा हालेर पक्राउ गर्न खोजेको जनाएको छ।

“प्रहरीले खोजीको सूचीमा रहेकाहरुको खोजी गरिरहेको थियो र उनको घरसम्म पुगेको थियो सोही क्रममा मेयरका सुरक्षा गार्डले प्रहरीमाथि आक्रमण गरेपछि हाम्रा प्रहरीले जवाफी कारबाही गर्दा मेयर सहित उनीहरुको मृत्यु भएको हो,” क्षेत्रीय प्रहरीका एक प्रबक्ताले जानकारी दिएको संचार माध्यम हरुले जनाएका छन ।