विवादमा तीज गीत 'तेरी स्वास्नी लग्यो ड्राइभरले',युटुबबाट हटाउन माग (विज्ञप्ति सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

विवादमा तीज गीत ‘तेरी स्वास्नी लग्यो ड्राइभरले’,युटुबबाट हटाउन माग (विज्ञप्ति सहित)



हिमाल पोस्ट /साउन ९ 

केहि समय अगाडी बजारमा सार्वजनिक गरिएको नवाराज पाण्डेको लयमा बिन्दु पाण्डे र निरु गुरुङको तेरी स्वास्नी लग्यो ड्राइभरले विवादमा आएको छ ।मुस्लिम समुदायलाई अपमान जनक शब्द उक्त गीतमा प्रयोग गरिएको भन्दै मुस्लिम संघ  नेपालले एक बिज्ञप्ति जारि गरि बताएको छ ।

बिज्ञप्तिमा उक्त गीतलाई परिमार्जन गरि पुन बजारमा पठाउन भन्दै तत्काल युटुबबाट हटाउन माग गरिएको छ ।यद्दपी हामीले उक्त गीतका सर्जक नवाराज पाण्डेसंग जनाकारी लिन  खोज्दा उनले मुस्लटे भन्ने शब्दले हो तर उक्त शब्द नेपाली   समाजमा कपाल   झ्याप्प पाल्ने  अल्लारे खालको हो तर उहाहरुलाई  ठोस  पुर्याउन प्रयोग नगरिएको बताएका छन् ।उनले   समाजमा कुनै पनि नाकारात्मक प्रवाभ नपरोस भन्दै  मुस्लिम मुदायलाई उक्त गीतको शब्दमा नहोच्याईएको बताए ।

मुस्लटे भन्ने शब्द भने डाईलगमा मात्र प्रयोग गरिएको छ ।

गीत यस्तो छ 

https://youtu.be/E-Z3S2KLc7Q