मकाउमा रहेका राजाबादीहरूले पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव भव्यताका साथ मनाए। - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

मकाउमा रहेका राजाबादीहरूले पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सव भव्यताका साथ मनाए।



हिमाल पोस्ट /असार २४

राष्ट्रिय एकताका प्रतीक ज्ञानेन्द्र हुन भन्दै मकाउमा रहेका राजाबादीहरूले पूर्व राजा ज्ञानेन्द्र शाहको ७१ औ शुभ जन्मोत्सब असार २३ गते शुक्रवारका दिन मकाउमा रहेका विभिन्न सङ्घ सस्थाका प्रति निधिहरूको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्रको तस्बिरमा खादा ओढाई दीप प्रज्वलन गरी सु स्वास्थ्य दीर्घायु र उत्तरोतर प्रगतिको कामना गरेका छन्।पूर्व राजा ज्ञानेन्द्रलाई अझै पनि राजाबादीहरूले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह नै भनी सम्बोधन गरी रहेको अवस्थामा मकाउमा रहेका राजाबादीहरूले पनि ज्ञानेन्द्रको जय जयकार गरेका छन्।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाललाई प्रमुख अतिथि हुनु हुन्थ्यो।जन्मोत्सव आयोजक समारोह समितिका संयोजक पदम सिंह पन्त,सहसंयोजकमा निरन्जन खड्का ,वरिष्ठ सल्लाहकार श्री तारा ब. महत तथा महासचिव श्री पशुपति कठायत लगायत सम्पूर्ण उपस्थित राष्ट्रबादी महानुभावहरुको अग्रसरतामा कार्यक्रम सम्पन्न भएको थियो।

नेपालकाराजनीति दलहरूले राजतन्त्र हटाए पनि अझै नेपालमा राजतन्त्र रहेको र राजतन्त्रको विकल्पमा अरू व्यवस्था नरहेको कुरा व्यक्त गर्नु हुन्छ कार्यक्रमका संयोजक पन्त।