ओलीको गृहनगरमा मतगणनामा एमालेको मात्रै कर्मचारी राखेको भन्दै नाराबाजी - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

ओलीको गृहनगरमा मतगणनामा एमालेको मात्रै कर्मचारी राखेको भन्दै नाराबाजी



झापा, १६ असार ।

एमाले अध्यक्ष केपी ओलीको गृहनगरको मतगणनामा एमालेका मात्रै कर्मचारी राखेपछि झापाको दमकमा एमालेबाहेकका दलहरुले नाराबाजी सुरु गरेका छन्।

झापाको दमक नगरपालिकामा मत परिणाम सार्वजनिक गर्न ढिला गरेको, मतगणनामा एमालेका मात्र कर्मचारी राखेको, उम्मेदवारहरुलाई गेटसम्म पनि आउन नदिएको भन्दै एमालेबाहेकका दलहरुले नाराबाजी सुरु गरेका हुन्। दमकमा गएराति १० बजेबाट मत परिणाम सार्वजनिक गरिएको छैन । दमक एमाले अध्यक्ष केपी ओलीको गृहनगर हो ।

प्रारम्भिक मत परिणाममा एमाले र माओवादीबीच प्रतिस्पर्धा देखिएको छ।

khabardabali