सरकारबाट प्राप्त हुने तलब भत्ता दलित एवं विपन्न परिवारका बालबालिकाको शिक्षामा लगानी गर्छु :पोख्रेल - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

सरकारबाट प्राप्त हुने तलब भत्ता दलित एवं विपन्न परिवारका बालबालिकाको शिक्षामा लगानी गर्छु :पोख्रेल



प्यूठान, असार ७  – स्थानीय निर्वाचनमा प्यूठान झिमरुक गाँउपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा चुनावमा भिडेका युवा नेता प्रमोद पोख्रेलले  सरकारबाट प्राप्त हुने तलब भत्ता दलित एवं विपन्न परिवारका बालबालिकाको शिक्षामा लगानी  गर्ने घोषणा गरेका छन्   ।झिमरुकको शिक्षा क्षेत्रमा आमूल परिर्वतन गरिने योजना पनि बनाएको बताएका हुन् ।

गुणस्तरीय शैक्षिक वातावरण निर्माणका लागी शिक्षकहरूको क्षमता अभिबृद्धि, बिद्यालयहरुको भौतिक पूर्वाधारको सुधार, शिक्षण विधिमा नयाँ आयाम ल्याउने ५ बर्से योजना सार्वजनिक गरिएको छ । नेता पोख्रेलले झिमरुख गाँउपालिकाका गाँउ गाँउमा रहेका दलित एवं विपन्न परिवारका बालबालिका अहिले पनि शिक्षा पहँचबाट पर रहेको भन्दै, उनीहरूको शिक्षामा आफ्नो सम्पूर्ण तलबभत्ता खर्च गर्ने घोषणा गरेका छन् ।

म जनताको सेवा गर्न आएको हुँ पैसा कमाउन होइन, संवृद्ध झिमरुक बनाउने मेरो लक्ष्य हो । यो लक्ष्यमा झिमरुकबासीले पूर्ण साथ दिने प्रतिबद्धता जनाउनुभएको छ । म खुसी छुँ । नेता पोख्रेलले भने ।

उनले आफ्नो कार्यकालमा सरकारबाट प्राप्त हुने रु १५ लाख भन्दा बढी तलब भत्ता झिमरुकबासी दलित एवं विपन्न परिवारका बालबालिकाको शिक्षामा लगानी गर्ने घोषणा गरेपछि, स्थानीय दलित एवं विपन्न परिवारमा खुसी छाएको छ ।