शाहरुख खानको 'पठान'ले तोड्यो 'बाहुबली २' कीर्तिमान - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

शाहरुख खानको ‘पठान’ले तोड्यो ‘बाहुबली २’ कीर्तिमान



एजेन्सी: शाहरुख खानको ‘पठान’ले एकपछि अर्को इतिहास रचिरहेको छ। हालै मात्र पठान हिन्दी भाषामा सर्वाधिक कमाउने फिल्मको सूचीमा एक नम्बरमा उक्लिएको छ।

पठानले ‘बाहुबली २’ को कीर्तिमान भङ्ग गरेको हो। हिन्दी भाषा (डब)मा बाहुबली २ ले ५१०.९० करोड भारु कमाएको थियो। पठानले चाहिँ केवल ३८ दिनमा ५११.७० करोड भारु कमाएर कीर्तिमान बनाएको हो।

पठानको तमिल र तेलुगु भाषाको आकडा जोड्ने हो भने यो कुल ५२९.९६ करोड भारु हुन जान्छ।

यस्तै विश्वव्यापीरूपमा पठानले एक हजार २६ करोड भारुको कमाइ गरेको छ।​​​​​​

यो आधारमा (बलिउड मात्र) पठानभन्दा अघि केवल आमिर खानको ‘दङ्गल’ छ। यसले दुई हजार २४ करोड भारु कमाएको थियो।

तेस्रो स्थानमा चाहिँ सलमान खानको ‘बजरङ्गी भाइजान’ छ। यसको विश्वव्यापी कमाइ ९६९.०६ करोड भारु छ।

यो आकडाले पनि देखाएको छ- बलिउडमा अझै ‘तीन खान’कै दबदबा छ।