देउवा निवासमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

देउवा निवासमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक



नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक बस्न लागेको सहमहामन्त्री किशोरसिंह राठोरले जानकारी दिए।

उनका अनुसार बैठक सोमबार (९ माघ) बिहान १० बजेका लागि तय भएको हो। समसामयिक राजनीतिबारे छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाइएको हो।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी १५ गतेका लागि बोलाइएको छ। केन्द्रीय कार्यसमिति बैठकअघि पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएर देउवाले छलफल गर्न लागेका हुन्।

कांग्रेसभित्र संस्थापन इतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर गल्ती गरेको निश्कर्ष निकालेको छ। राष्ट्रपतिको उम्मेदवार तय गर्ने विषयमा कांग्रेस नेताहरु आन्तरिक छलफल समेत गरिरहेका छन्।