दुर्घटना लगत्तै दनदनी बल्यो आगो, ७२ जना थिए यात्रु
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ । दुर्घटना भएको केहि मिनेटमै जहाजमा दनदनी आगो लागेको थियो ।
काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
उनका अनुसार जहाजमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जहाज सेतीको खोँचमा खसेको र उद्धारको काम जारी रहेको उनले जानकारी दिएका छन् ।
थप विवरण प्राप्त हुन सकेको छैन । स्थानीयहरुले दुर्घटनाक्षेत्रमा आगो लागिरहेको बताएका छन् । पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको खोँचमा जहाज दुर्घटनामा परेको हो ।