आज दोस्रो संसद बैठक- प्रधानमन्त्री प्रचण्डले पाउलान् विश्वासको मत ? - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

आज दोस्रो संसद बैठक- प्रधानमन्त्री प्रचण्डले पाउलान् विश्वासको मत ?



प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्ने छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम छ।

हिजो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री प्रचण्डबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराएका थिए।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ।