प्रचण्ड र बाबुरामको एकता प्रक्रिया पुरा - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

प्रचण्ड र बाबुरामको एकता प्रक्रिया पुरा



प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरूबीच शनिबार भेटवार्ता भएको हो। भेटमा दुई पार्टीबीच एकता, यही पुस २६ गते सरकारलाई विश्वासको मत दिने र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको (नेसपा) का नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए। नेता श्रेष्ठका अनुसार माओवादी केन्द्र र नेसपाबीचको पार्टी एकताको तयारी पूरा भएको छ।

सात वर्षअघि माओवादी पार्टीको वरिष्ठ उपाध्य रहेका भट्टराईले विसं २०७२ असोज ९ मा माओवादी छाडी आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाउँदै अहिले नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष बनेका छन्। नेसपाले ४ मङ्सिरमा भएको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो।

शनिबार भएको दुई पार्टीका अध्यक्षहरूको भेटपछि पार्टी एकताको वार्ताको निम्ति कार्यदल बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो। सोहीअनुसार माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ। नेसपाले भने आज राजनीतिक समितिको बैठक राख्दै छ। रासस