आफ्ना क्रियाकलाप बन्द गर्न छिमेकी राष्ट्रहरूलाई ओलीको चतावनी - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

आफ्ना क्रियाकलाप बन्द गर्न छिमेकी राष्ट्रहरूलाई ओलीको चतावनी



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफूहरू बाह्य हस्तक्षेप नसहने बताएका छन्।

पार्टीका सांसदहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा यसपटक नेपालीले नै सरकार बनाएको बताए।
‘हामीले यो सफलता प्राप्त गरेका छौँ। नेपालीलाई बनाउन नदिने चाँजोपाँचो थियो । यो ज्यादै ठूलो उपलब्धी हो।’ उनले भने।

उनले अहिले पनि यो सरकारलाई फेरफार गर्न सकिन्छ कि भनेर बाह्य शक्ति लागिरहेको आरोप लगाए।

‘अहिले पनि हाम्रा मित्रहरु ढोकाबाट होइन कम्पाउन्डबाट झरेर यसरी नेपालमा नेपालीले नै सरकार बनाउन कहाँ पाइन्छ? यसलाई फेरफार गर्नुपर्छ भनेर लागिरहेकाले यति भन्न बाध्य भएको हुँ ।’ उनले भने, ‘हामी हाम्रा छिमेकी सबैसँग समान सम्बन्ध राख्न चाहन्छौं,यहाँ सरकार बन्दा इगोको बिषय बनाउनुपर्ने आत्तिनु पर्ने केही पनि छैन ।’

अहिले कूटनीतिक गतिविधि बढेको भन्दै ओलीले यस्ता क्रियाकलाप बन्द गर्न र सार्वभौम सिद्धान्त अनुसार चल्न छिमेकी र मित्रराष्ट्रहरूलाई चेतावनी समेत दिए।