सर्वोच्चमा बहस- लामिछानेको सांसद पद खारेज गर्न माग - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

सर्वोच्चमा बहस- लामिछानेको सांसद पद खारेज गर्न माग



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।

यो मुद्दाको सुनुवाइ लम्बिएपछि पेशी चढेका अरु सबै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन्।

रिट निवेदक पक्षबाट कानुन व्यवसायीले बहस गरिसकेका छन्। उनीहरुले अमेरिकी नागरिककै रुपमा पर्यटक भिषामा नेपाल आएका लामिछानेले पुरानै नागरिकताको प्रयोग गरी पार्टी दर्ता गर्नुका साथै त्यहि नागरिकताबाट उम्मेदवारी दिएको जिकिर गरेका छन्।

गैरकानुनी नागरिकता प्रयोग गरी चुनाव लडेर सांसद र मन्त्री बनेका लामिछानेको सांसद पद खारेज गर्न रिटमा माग गरिएको छ। ‘टी ब्रेक’पछि अहिले रवि लामिछाने पक्षका कानुन व्यवसायीले बहस गर्दैछन्।