लामिछानेको मुद्दा- सर्वोच्चमा रोचक बहस - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

लामिछानेको मुद्दा- सर्वोच्चमा रोचक बहस



उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे शुक्रवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ। बहस रोचक बन्दै गएको छ ।

उक्त बहसका शुक्रबार सुरूमा रिट निवेदक युवराज पौडेल ‘सफल’को तर्फबाट विभिन्न अधिवक्ताहरुले बहस गरे। त्यसपछि रविको पक्षबाट न्यायाधीवक्तहरु र निजी वकिलहरुले पनि बहस गर्दैछन्।

सरकारको तर्फबाट सहन्यायाधीवक्ता सञ्जीवराज रेग्मी बहस गर्दै रवि लामिछानेले सांसद र मन्त्री पदको समेत शपथ ग्रहण गरिसकेकाले उनीविरुद्ध अन्तरिम आदेश जारी गर्न नमिल्ने तर्क गरेका छन्।

बहसका क्रममा उनले रविलाई गैरनेपाली भन्न पनि नमिल्ने तर्क गरेका छन्। ‘नागरिकता लिएको छैन भन्दैमा कसैलाई पनि गैरनागरिक भन्न मिल्दैन’, उनले भने, ‘मेरो छोरो १५ वर्षको भएको छ। तर उसले नागरिकता नलिँदैमा गैरनागरिक, गैरनेपाली भन्न मिल्ने हो त?’

तर उनले यस्तो तर्क गर्दै गर्दा कानुनले तोकेअनुसार नागरिकता लिने प्रक्रिया पूरा गर्नुपर्ने भन्दै प्रश्न उठाए। ‘…प्रक्रिया त पूरा गर्नुपर्ला नि!’, रेग्मीलाई रोक्दै इजलासबाट न्यायाधीश ईश्वरले खतिवडाले भने।