सरुवा–बढुवाका नेताका घर जाने प्रहरीलाई तत्काल कारबाही गर्छु- गृहमन्त्री - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

सरुवा–बढुवाका नेताका घर जाने प्रहरीलाई तत्काल कारबाही गर्छु- गृहमन्त्री



गृहमन्त्री रवि लामिछाने सशक्त रूपमा काममा लागेका छन् । अनावस्यक खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाएलगत्तै लामिछानेले अर्को चेतावनी दिएका छन् ।

उनले सरुवा र बढुवाका लागि नेताका घर–घर धाउने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज बिहान प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लामिछानेले यस्तो चेतावनी दिएका हुन् ।

उनले प्रहरी संगठनभित्रको बेथिति हटाउन आफू लागिपर्ने बताए । उनले लिएका पछिल्ला कदमको अहिले चर्चा भैरहेको छ ।