प्रचण्डसँग सम्बन्ध सुधार गर्ने मोदीको अथक प्रयास - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

प्रचण्डसँग सम्बन्ध सुधार गर्ने मोदीको अथक प्रयास



केहीमहिना अगाडी भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नमानेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्ड प्रधानमन्त्री बनेपछि सम्बन्ध सुधार गर्ने प्रयासमा लागेका छन् ।

प्रधानमन्त्री नबन्दै प्रचण्डलाई बधाई दिएका मोदीले निकै महत्वका साथ सम्वन्ध सुधारको प्रयास गरेका छन् । अहिले भने मोदीले पत्र नै पठाएर बधाई दिएका छन् । मोदीको सम्बन्ध सुधारको यो प्रयासलाई अर्थपूर्ण मानिएको छ ।

मोदीको पत्र लिएर नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव बालुवाटार पुगेका थिए । भारतीय राजदूत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न श्रीवास्तव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाई पत्र राजदूत श्रीवास्तवले हस्तान्तरण गरेका थिए।भेटमा नेपाल भारत बीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रचण्डको भारत भ्रमणमा मोदीले भेट नदिएको विषयमा निकै टिकाटिप्पणी भएको थियो ।