क्रिकेटर ऋषभ पन्तको भयङ्कर कार दुर्घटना, गम्भीर घाइते - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

क्रिकेटर ऋषभ पन्तको भयङ्कर कार दुर्घटना, गम्भीर घाइते



नयाँदिल्ली– भारतीय युवा क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते भएका छन्। शुक्रबार उत्तराखण्डको रुड्कीमा उनको कार दुर्घटनामा परेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

समाचार अनुसार कार डिभाइडरसँग ठोक्किएर दुर्घटनाग्रस्त बनेको हो। स्थानीय प्रहरीका अनुसार पन्तको रुड्की सिभिल अस्पतालमा प्रारम्भिक उपचार गरेर देहरादुनस्थित म्याक्समा सिफ्ट गरिएको छ।