प्रधानमन्त्री बनेकोमा देउवाले प्रचण्डलाई दिए बधाई - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

प्रधानमन्त्री बनेकोमा देउवाले प्रचण्डलाई दिए बधाई



नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । नेता देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् ।

‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने,‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो ।’

उपाध्यक्ष महराले पदाधिकारी बैठकपछि भने, ‘ अब कांग्रेसलाई पनि प्रधानमन्त्री स्वीकार्य भयो ।’ बैठकले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने निर्णय पनि गरेको छ । ‘चार बजेपछि शपथ छ । अहिले नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ’, महराको भनाइ छ । उनले मन्त्रालयबारे टुङ्गो लागि नसकेको भन्दै ११ बस्ने सात दलीय गठबन्धनबाट टुङ्गो लाग्ने पनि जानकारी दिए ।