६ मन्त्रालय एमालेलाई, विष्णु पौडेलले नेतृत्व गर्ने - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

६ मन्त्रालय एमालेलाई, विष्णु पौडेलले नेतृत्व गर्ने



नेकपा एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ। पार्टीबाट सरकारमा पठाउने मन्त्रीबारे निर्णय लिन अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा अहिले छलफल चलिरहेको छ।

सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शपथ लिने केही मन्त्री एमालेले टुंगो गर्न लागेको हो। एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले सरकारको नेतृत्व गर्ने सम्भावना छ। तर उनको मन्त्रालयको टुंगो भइसकेको छैन।

ओलीसहित छलफलमा महासचिव शंकर पोखरेल, उपमसहासचिव विष्णु रिमालहरु बालकोटमै छन्। एमालेले यसअघि सरकारबारे निर्णय लिने जिम्मा ओलीलाई दिएको छ। ओलीले नै ती नामहरुको टुंगो लगाएको बताइएको छ।

एमालेबाट केही पुराना र नयाँ नाम मन्त्रीका लागि चर्चा भइरहेको छ। सत्ता गठबन्धनमा एमालेले ६ र माओवादी केन्द्रले तीन मन्त्रालय लिने तय भइसकेको छ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुँदैछन्। त्यस्तै वर्षमान पुनको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ।