बन्धन टुट्यो, अब खुमलटार र बालकोटको दौड सकियो- गगन थापा - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

बन्धन टुट्यो, अब खुमलटार र बालकोटको दौड सकियो- गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको चुनावमा हारे पनि आज सत्ता गठबन्धन टुटेको समाचार चित्त बुझेको बताएका छन्।

पोखरामा जारी साहित्य महोत्सवलाई आइतवार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। ‘मैले संसदीय दलको चुनाव हारे पनि आजको समाचारले चित्त बुझेको छ’, उनले सम्बोधनका क्रममा भने।

उनले सत्ता गठबन्धन टुटेसँगै अब खुमलटार र बालकोटको दौड पनि गर्नु नपर्ने उनले बताए।

‘म यता आएको थिएँ, उता धेरै थोक भएछ। म दलको नेता भएको भए खुमलटारबाट बालकोटको दौडधूपबीच आउलान् नआउलान् भनेर आत्तिनुपर्थ्यो, अब त ढुक्क भयो’, उनले भने, ‘अब चित्त बुझाउने हो। चित्त बुझाउने यो तरिका पनि अपनाउनुपर्छ काठमाडौंका मान्छेले।’

आइतवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदैछन्।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछाडेपछि बालुवाटारबाट बालकोट पुगेका प्रचण्डलाई एमालेसहित सात दल र स्वतन्त्र सांसदको पनि समर्थन मिलेको छ।