प्रचण्ड र ओलीसँगै किसान श्रेष्ठ र प्रेम आले पनि राष्ट्रपति कार्यालयमा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

प्रचण्ड र ओलीसँगै किसान श्रेष्ठ र प्रेम आले पनि राष्ट्रपति कार्यालयमा



काठमाडौं- नेकपा एमालेको समर्थनपछि नेपालको आगामी प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति पुगेका छन्। एक सय ६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा प्रस्ताव भएको प्रचण्डको नाम लिएर नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन् ।

टोलीमा उनीसँग एमाले अध्यक्ष केपी शर्मा ओली पनि रहेका छन्। एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले माओ‌वादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो।

नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा सहभागी थिए।

तर, राष्ट्रपति कार्यालयमा नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ किसान र प्रेम आले पनि पुगेका छन् । यता एकीकृत समाजवादीले सरकारमा नजाने निर्णय गरेको छ भने सोहि पार्टीका सांसदहरू किसान श्रेष्ठ र प्रेम आले भने राष्ट्रपति कार्यालय पुगेका छन् ।

प्रचण्ड प्रधानमन्त्री बन्ने भएपछि एकिकृत समाजवादीको बैठकले एमालेसँग गठबन्धन नगर्ने निर्णय गरेको बेला श्रेष्ठ र आलेको राष्ट्रपति कार्यालय जानुलाई अर्थपूर्ण र चासोका रुपमा लिइएको छ।