जसपाले छोडेपनि बहुमत पुग्ने, बैठक जारी
जसपाका नेता अशोक राई बाहिरिएपछि एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको बैठक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी छ ।
जसपाले साथ् छोडेपनि बहुमत भने चार दलको पुग्नेछ । यी चार दलको सिट जोड्दा पनि १ सय ४४ सिट हुन्छ । सरकार गठनकालाई १ सय ३८ सिटको आवस्यक पर्छ ।
बैठक जारी रहेको एक नेताले बताए। राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय घर्किन लागेपछि दलहरूले छलफललाई तीव्रता दिएको हो ।
एमाले र माओवादीले अन्य केही दललाई सहभागी गरेर सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन् । एमाले र मआवादीका दोस्रो तहका नेता बिहानैदेखि छलफलमा थिए ।