बालकोटको पाँच दलीय बैठकबाट जसपा बाहिरियो जसपा
ओली निवास बालकोटमा बसेको पाँच दलको बैठकबाट जसपा बाहिरिएको छ । जसपाका नेता अशोक राई एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटबाट बाहिरिएका छन् ।
उनी पार्टीमा छलफल गर्ने भन्दै बालकोटबाट बाहिरिएका हुन् । ‘पार्टीले निर्णय गरेको छैन मैले के बोल्ने,’ बालकोटबाट बाहिरिँदै गर्दा राईले भने ।
बालकोटमा ओलीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतका नेताहरूको बैठक बसिरहेको छ ।