नारायणकाजी बोकेर ओली निवास छिरे प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् ।
बालुवाटारबाट बाहिरिएपछि उनी खुमलटार पुगेका थिए । त्यसको केहीबेरमै उनी बालकोट पुगेका हुन् । उनले नेता नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई पनि साथमा लगेका छन् ।
सत्ता गठबन्धनमा सहमति नजुटेपछि प्रचण्ड एमालेको सहयोग लिन बालकोट पुगेका हुन् । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय आजै पाँच बजे सकिँदैछ । त्यसअघि नै सहमति जुटाउने प्रयास स्वरुप प्रचण्ड बालकोट पुगेका हुन् ।