गठबन्धन टुट्यो- माओवादी नेताहरू ओली निवास बालकोटमा जुटे - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

गठबन्धन टुट्यो- माओवादी नेताहरू ओली निवास बालकोटमा जुटे



काठमाडौं– सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँडको कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल सुरु गरेको छ। माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ एमाले नेताहरुसँग छलफलमा रहेका छन्।

अन्तिम पटक निर्णायक छलफल गर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल बालुवाटार छलफलमा रहेका थिए। सुरुमा ‘वा टु वान’ वार्ता प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष दाहालले गरेका थिए।

उनीहरुका बीचमा कुराकानी नमिलेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई बोलाइएको थियो। बालुवाटारमा त्रिपक्षीय छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री, राष्ट्रपति र सभामुख बनाउने विषयमा प्याकेजमा छलफलको कुराकानी उठ्यो। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछोड्ने अडान राखेपछि उनीहरुकाबीचमा वार्ता मिलेन।

वार्ता नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल बालुवाटारबाट बाहिरिएका छन्। योसँगै सत्ता गठवन्धन संकटमा परेको छ। अध्यक्ष दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

राष्ट्रपति भण्डारीले पाँच बजेसम्म १३८ सहितको बहुमत पेस नगरेमा संविधानको धारा ७६को उपधारा ३ अनुसार नियुक्ती गर्ने तयारी गरेकी छन्।