विवेकशील नेपाली दलद्वारा तिलोत्तमा नगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई समर्थन - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

विवेकशील नेपाली दलद्वारा तिलोत्तमा नगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई समर्थन



हिमाल पोस्ट /बुटवल ,असार ४ 

विवेकशील नेपाली दलद्वारा तिलोत्तमा नगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।दलले एक प्रेस विज्ञप्ति जारि गरि समर्थन जनाएको बताएको हो ।

 प्रेस विज्ञप्तिको पूर्ण पाठ

उम्मेदवारलाई समर्थन गरेको बारे ।

विवेकशील नेपाली दल एक प्रजातान्त्रिक विचार राख्ने पार्टी हो । यसले लोकतन्त्रको पक्षमा सुसंसकृत राजनीतिबाट समृद्ध राष्ट्र निर्माण गर्न आजका मिति सम्म जुन भूमिका खेल्यो त्यो जनताले हामी प्रति देखाएको विश्वासले पुष्टाएको छ । हाम्रो विश्वास उम्मेदवार पार्टी वा नेताको खल्तिबाट नभई सिधै जनताबाट मनोनीत हुनुपर्छ तब मात्र लोकतन्त्रमा जनताका भावना बोलिन्छ र ठोस रूपमा समृद्ध प्राप्त हुन सक्दछ । विवेकशील नेपाली दलको उम्मेदवार सँगको सहकार्य, निजको कार्य क्षमता, अनुभव र योग्यतालाई बुझ्दै, दलले रुपन्देहीको तिलोत्तमामा एक अग्रज, समाज सेवी, सक्षम व्यवसायी, युवा नेतृत्व श्री महाशर्मा न्यौपानेलाई उप—मेयर पदमा विवेकशील नेपाली दलका तर्फबाट समर्थन जनाएका छौँ ।

हामीले हाम्रा उम्मेदवारले आगामी ५ वर्षमा गर्न सक्ने र गरिने प्रतिबद्धता पत्र सहित सोही अनुरूप जनताका माँझमा, जनता र समाजलाई परिर्वतनको अनुभूति गर्ने किसिमले वैकल्पिक राजनैतिक शक्ति विवेकशील नेपाली दलले आफ्नो भूमिका निभाउने छ । हामीलाई हाम्रा मूल्य मान्यता र सुसंस्कारले विवेकशील नागरिक, उद्यमशिल समाज, सेवक सरकार र हितकारी राज्य बनाउँने आधार दिन्छ । सुसंस्कृत राजनीति, स्वच्छ प्रतिस्पर्धा, न्याय र लोकतन्त्रको जग बसाल्नका निम्ति विवेकशील नेपाली दल चुनावी मैदानका सहयात्रामा आफूलाई उभ्याएको हो ।

अन्ततः समय समापेक्ष विकास, राज्यमा नागरिकको सहज पहुँच र सामाजिक सद्भावलाई दिगो रूपमा सुसंस्कृत बनाउँदै नमुना नगर बनाउँने प्रमुख उद्धेश्य र जिम्मेवारी विवेकशील नेपाली दलले लिँदै भोलीको भविष्य उज्वल बनाउँने कार्य नागरिक अभिमतको सम्मान गर्दै आजकै मितिबाट प्रारम्भ गरेका छौँ ।
। जय मातृभूमि ।