गठबन्धनको बैठक बालुवाटारमा सुरु, लोसपा पनि पुग्यो - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

गठबन्धनको बैठक बालुवाटारमा सुरु, लोसपा पनि पुग्यो



काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो।

नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी छन्।