युवावर्ग निन्दक होइन आलोचक बन्नुपर्छ- गगन थापा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

युवावर्ग निन्दक होइन आलोचक बन्नुपर्छ- गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरु युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

अहिलेका युवाहरु भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गहरुले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्नेकुराको बारेमा सोच्न आवश्यक रहेको बताए।

‘हामी कहिले काहीँ थाहा न नपाइकन क्रिटीकल भयौँ भनेर भन्दाभन्दै यङ मान्छेहरु थाहै नपाइकन सिनिकल हुन्छौँ,’ महामन्त्री थापाले भने, ‘निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुन्छ। तर आलोचक बन्दा बन्दै थाहै नपाइकन हामी निन्दक बनिसकेका हुन्छौं।’

उनले युवावर्ग निन्दक नभइकन आलोचक बन्नुपर्ने बताए। उनले युवाहरु थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताए।

‘क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो। शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो,’ उनले भने, ‘त्यो ठूलो स्ट्रेन्थ बन्छ। तर तपाई सिनिकल हुनुभयो भने तपाईको सबैभन्दा ठूलो विकनेस बन्छ।’

उनले युवाहरु आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताए। ‘जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ।’ महामन्त्री थापाले भने।