नेपाल टी–२० क्रिकेट आजबाट सुरु हुँदै, आजै दुई खेल - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

नेपाल टी–२० क्रिकेट आजबाट सुरु हुँदै, आजै दुई खेल



काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० क्रिकेट प्रतियोगिता शनिबार सुरु हुँदैछ। यसअघि ४ पटक स्थगित भइसकेको प्रतियोगिता शुक्रबार नै सुरु हुने कार्यतालिका भए पनि कमजोर तयारीका कारण एक दिन पछि सारिएको हो।

क्यानले पहिलो पटक नेपाल टी–२० का नाममा फ्रेन्चाइज प्रतियोगिता गर्न लागेको हो। उद्घाटन खेलमा काठमाडौ नाइट्सले पोखरा एभेन्जर्सविरुद्ध खेल्ने छ। खेल बिहान सवा ९ बजे सुरु हुनेछ। शनिबार नै हुने प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी अल स्टार र फार वेस्ट युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

दोस्रो खेल सवा १ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुने छ। दुवै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यतालिका छ। यस प्रतियोगिताको फाइनल खेल २७ गते हुने छ।

प्रतियोगिताको हरेक दिन दुई खेल हुने छ। पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहनेछ। यो लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार छन्।