संसदीय दलको नेतामा देउवा विजयी, गगनलाई आफ्नैले दिएनन मत
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवा विजयी भएका हुन्।
देउवाले डा. शेखर कोइराला नेतृत्वको समूहबाट उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई पराजित गरेका हुन्।
निर्वाचन समिति स्रोतका अनुसार देउवाको पक्षमा ६४ मत खसेको छ। पराजित भएका गगनको पक्षमा २५ मत खसेको छ। तर यसको औपचारिक घोषणा हुन बाँकी छ।
मंसिर ४ को निर्वाचनबाट प्रतिनिधिसभामा विजयी ८९ मध्ये ८८ मतदाताले कांग्रेस दलको निर्वाचनमा बुधबार बिहान मतदान गरेका थिए।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको थियो।
संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका अनुसार मनाङबाट निर्वाचित टेकबहादुर गुरुङले अदालतमा विचाराधीन मुद्दाका कारण मतदान गर्न पाएनन्।
समानुपातिक सांसद माया राई सुत्केरी भएकाले ॐ हस्पिटलबाट मत ल्याइएको हो। अरु ८७ जनाले सिंहदरबार पुगेर मतदान गरे।