प्रधानमन्त्री बन्ने अडानबाट ‘ब्याक’ भए प्रचण्ड
काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने अडानबाट ब्याक भएका छन् । उनले आफुले प्रधानमन्त्रीको दाबी छोडेको बताएका छन्
प्रचण्डले प्रधानमन्त्री बन्न सबै कुरा दाउमा लगाउने काम आफूले नगरेको दावी गरेका छन्। चितवन पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति,सभामुख,उपराष्ट्रपति लगायतका पदहरुमा प्याकेजमा सहमति गर्ने दावी गरे।
‘राष्ट्रपतिले सात दिनको समय दिनुभएको छ। हामी गठबन्धन छलफल गरिरहेका छौं,’ उनले भने, ‘गठकन्धनभित्र सजिलै निर्णय हुन्छ।’ उनले गठबन्धनभित्र सामूहिक निर्णय गरिने उनले दावी गरे। उनले आफूले कतै पनि प्रधानमन्त्री आफू नै हुनुपर्ने दावी नगरेको टिप्पणी गरेका छन्।
देशको नेतृत्व लिने अवसर पाए गर्छु भनेको भन्दै उनले बाहिर प्रचारमा आएजसरी नबोलेको दावी गरे। सरकार गठनका लागि सबै दलहरुसँग कुरा भइरहेको भन्दै उनले साना दलदेखि स्वतन्त्रहरुसँग पनि कुरा भइरहेको बताए। उनले एमालेसँग माओवादीसहित सबै दल छलफलमा रहेकाले माअोवादी नजिक भएको भन्न नमिल्ने टिप्पणी गरे।
‘प्रधानमन्त्रीका लागि सबै कुरा दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन,’ उनले भने, ‘निर्वाचन, संविधान र अन्यका लागि धेरै नेतालाई प्रधानमन्त्री प्रस्ताव गरेको छु।’