ट्विटरमाथि प्रतबन्ध लगाउने ईयु र संयुक्त राष्ट्रसंघको चेतावनी - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

ट्विटरमाथि प्रतबन्ध लगाउने ईयु र संयुक्त राष्ट्रसंघको चेतावनी



काठमाडौं– पछिल्लो समय विवादित बन्दै गएको ट्विटरमा केही पत्रकारको अकाउन्ट निलम्बित गर्ने निर्णयपछि ईयु र संयुक्त राष्ट्रसंघले पनि विरोध जनाएको छ। उनीहरूले ट्विटरमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी समेत दिएका छन् ।

ट्विटरले न्यूयोर्क टाइम्स, सीएनएन र वाशिंटन पोस्टका पत्रकारको अकाउन्ट लक गरेको छ। संयुक्त राट्र (यूएन)ले ट्विट गर्दै सञ्चारमाध्यमको स्वतन्त्रता ‘कुनै खेलौना होइन’ बताएको छ। साथै यूएनले ट्विटरमाथि प्रतबन्ध लगाउने चेतावनीसमेत दिएको छ।

ट्विटरका प्रवक्ताले एक अमेरिकी न्यूज वेबसाइटसँग कुरा गर्दै पत्रकारको ट्विटर अकाउन्ट लोकेशन डाटालाई लाइभ सेयर गरेपछि निलम्बित गरिएको बताएका छन्।

यूएनमा ग्लोबल कम्यूनिकेशन्स अन्तर्गत सेक्रेटर जनरल रहेकी मेलिसा फ्लेमिङले भनिन्, ‘पत्रकारको अकाउन्ट ट्विटरमा मनोमानी ढंगले निलम्बन गरिएको छ।’

उनले सञ्चारमाध्यमको स्वतन्त्रता कुनै खेलौना नभएको भन्दै प्रेस स्वतन्त्रता लोकतान्त्रिक समाजका लागि आधारशिला रहेको र हानिकारक दुष्प्रचारविरुद्धको लडाइँमा एक महत्त्वपूर्ण भूमिका निभाउने बताइन्।

यसअघि शुक्रबार यूरोपीय संघका कमिश्नरले ट्विटरलाई यूरोपका लाग नयाँ डिजिटः सर्चिसेज एक्ट अन्तर्गत प्रतिबन्द लगाउने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।

उनले भने, ‘यो कानुन अन्तर्गत मिडियाको स्वतन्त्रता र आवश्यक अधिकारको सम्मान आवश्यक छ। एनल मस्कलाई यो जानकारी हुनु पर्दछ।’

एलन मस्कले यस विषयमा सिधा केही नबनाए पनि ट्विटरमा उनले भनेका छन्, ‘दिनभर मेरो आलोचना गर्नु पूरै तरिकाले ठीक छ। तर मेरो रियल टाइम लोकेशनबारे बताउनु र मेरो परिवारलाई खतरामा पुर्‍याउनु ठीक होइन।’