मेयर पद जाने भएपछि जरिवाना मिनाहा गर्न बालेनले दिए निवेदन - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

मेयर पद जाने भएपछि जरिवाना मिनाहा गर्न बालेनले दिए निवेदन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन्।

स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार साहले तोकिएको समय तीन दिनभित्र खर्च विवरण नबुझाएपछि आयोगले उनलाई साढे सात लाख रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना ६ महिनाभित्र नबुझाएमा बालेनको मेयर पद जानेछ।

बालेनले आफूले निर्वाचन खर्च फेसबुकमा सार्वजनिक गरिसकेको र काठमाडौं महानगरको फोहोरको समस्या समाधानमा केन्द्रित हुँदा खर्च विवरण बुझाउन नभ्याएको भन्दै जरिवाना मिनाहा गरिदिन निवेदन दिएका हुन्।

आयोगका एक पदाधिकारीका अनुसार प्रचलित निर्वाचन कानुनबमोजिम जरिवाना मिनाहा गर्ने व्यवस्था छैन ।

आयोगको कानुन शाखाले निवेदनउपर कारबाही अगाडि बढाएर आयोगको बोर्डमा पठाएको छ। बोर्डले निर्णय गर्न बाँकी छ।