निर्वाचनको परिणाम राष्ट्रपति कार्यालय पठाउने तयारी - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

निर्वाचनको परिणाम राष्ट्रपति कार्यालय पठाउने तयारी



काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ चयन भएका सांसदहरुलाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ।

आयोगका अनुसार दलहरुले प्राप्त गरेका सिटमा पेस भएका नामावलीलाई आजै दिउँसो १ बजेपछि निर्वाचित भएको घोषणा गर्ने तयारी गरिएको छ।

आयोगले प्रतिनिधि सभाका ११० सिट र प्रदेशका २२० सिटमा सांसदहरू निर्वाचित भएको घोषणा गर्ने र निर्वाचित भएकाहरूलाई प्रमाण पत्र दिने तयारी गरेको हो।

यस्तै बिहीबार आयोगले अन्तिम विवरण राष्ट्पति विद्यादेवी भण्डारीसमक्ष बुझाउने तयारी पनि गरिएको छ। आयोगले विवरण बुझाएपछि राष्ट्रपतिको कार्यालयले नयाँ सरकार गठनको प्रक्रिया थाल्नेछ।