चुनावले रोकिएको भूमि आयोगको काम सुरू, भोलिदेखि लागत संकलन - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

चुनावले रोकिएको भूमि आयोगको काम सुरू, भोलिदेखि लागत संकलन



काठमाडौं : राष्ट्रिय भूमि आयोगले विभिन्न स्थानीय तहमा लगत संकलनसम्बन्धी काम फेरि सुरू गर्ने भएको छ। आयोगले आज सार्वजनिक सूचना जारी गरी स्थानीय तहमा बुधबारदेखि पुनः काम सुरू गर्ने जानकारी दिएको हो ।

चुनावको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकिएको थियो।

निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता हटेको जानकारी दिएसँगै भूमि आयोगले आज सूचना प्रकाशन गरी लगत संकलनको काम जारी राख्ने जानकारी दिएको हो।