एमालेले मानेन निर्वाचन आयोगको निर्णय - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

एमालेले मानेन निर्वाचन आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदको सूची सच्याएर पठाउन दलहरूलाई पत्राचार गर्‍यो । त्रुटि सच्याउन आयोगले सोमबार अपराह्न ४ बजेसम्मको समय दिएको थियो ।

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई त्रुटि सच्याउन पत्राचार गरिएकोमा सबै दलले सूची बुझाएका छन् ।

एमालेले भने आफूले आयोगमा बुझाएको सूची कानुन सम्मत भएको भन्दै जवाफ दिएको छ । आयोगले एमालेले पठाएको सूचीमा तीनवटा त्रुटि रहेको निष्कर्ष निकालेको थियो ।

एमालेको प्रदेश नम्बर–१ तर्फ अल्पसंख्यकमा त्रुटि रहेको आयोगको ठहर छ । अल्पसंख्यकमा प्राथमिकताअनुसार सूची नमिलेको भन्दै आयोगले सच्याउन भनेको थियो । यस्तै, मधेस प्रदेशमा अल्पसंख्यकको प्राथमिकता नमिलेको भन्दै सच्याउन भनिएको थियो ।

एमालेले सोही प्रदेशको मुस्लिम क्लस्टरमा पनि एक नम्बरमा नाम रहेका जैनब खातुनलाई कारबाही गरी दुई नम्बरमा रहेकी नाजिमा खातुनको नाम सिफारिस गरेको छ । निर्वाचनमा अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरी एमालेले नाजिमाको नाम आयोगमा सिफारिस गरेको हो ।

आयोगले सो नाम क्रम मिचिएर पठाएको भन्दै त्यसलाई सच्याउन भनेको थियो । एमालेले आफूले गरेको निर्णय सही भएको दाबी गरेको छ ।