ब्राजिलविरुद्ध क्रोएसियाले गोल फर्काएपछि थप रोचक बन्यो खेल - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

ब्राजिलविरुद्ध क्रोएसियाले गोल फर्काएपछि थप रोचक बन्यो खेल



विश्वकप फुटबलमा ब्राजिलविरुद्ध पछि परेको क्रोएसिया खेलमा फर्किएको छ। खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो।

क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए। अतिरिक्त समयमा पनि खेल बराबरी भए पेनाल्टी सुटआउटबाट निर्णय लिइनेछ।