ब्राजिल र क्रोएसियाको खेल गोलरहित बराबरीमा - Himal Post Himal Post
  • २ कार्तिक २०८१, शुक्रबार
  •      Fri Oct 18 2024
Logo

ब्राजिल र क्रोएसियाको खेल गोलरहित बराबरीमा



विश्वकप फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा ब्राजिल र क्रोएसियाले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका छन् ।

कतारको एजुकेशन रंगशालामा क्रोएसिया र ब्राजिलले निर्धारित समयसम्म गोलरहित बराबरी खेलेपछि अब ३० मिनेटको समय थप गरिनेछ । ३० मिनेटमा पनि खेलको छिनोफानो नभए पेनाल्टीबाट विजेताको टुंगो लाग्नेछ ।

पहिलो हाफमा बराबरी खेलेको ब्राजिलले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । खेलको अन्तिम समयमा एकपछि अर्को गोल गर्ने अवसर पाएको ब्राजिलले गोल गर्न सकेन ।

पाँच पटकको विश्वकप विजेता ब्राजिल क्रोएसियालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यता, २०१८ को विश्वकप उपविजेता क्रोएसिया भने ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने दाउमा छ ।