विष्णु पौडेल भन्छन्- एमाले सरकारमा जाँदैन - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

विष्णु पौडेल भन्छन्- एमाले सरकारमा जाँदैन



काठमाडौं- नेकपा (एमालेका) उपाध्यक्ष विष्णु पौडेलले एमाले प्रतिपक्षी दलको भूमिकामा रहने बताएका छन्।

शुक्रबार बुटबलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन्।

संसदमा दोस्रो दल भएकाले एमाले सरकारमा नजाने उनको भनाइ छ। ‘जनमतको हिसाबले एमाले ठूलो पार्टी हो, तर श्रेष्ठताको हिसाबले दोस्रो भएका छौं। त्यसैले हामी सरकारमा जाँदैनौं,’ उनले भने।

उपाध्यक्ष पौडेलले सरकार गठनका लागि एमालेले कुनै पनि दलसँग कुरासमेत नगरेको प्रष्ट पारेका छन्।

‘सरकार गठनबारे हामीले अरू दलसँग कुरा पनि गरेका छैनौं,’ पौडेलले भने,‘बहुमत नपुगेपछि त्यसका लागि पहलकदमी नलिएका हौं।’

यसअघि अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि बिहीबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सरकारको दौडमा नरहेको बताएका थिए। पाण्डेले एमाले प्रतिपक्षमा बस्ने जिकिर गरेका थिए।