क्वार्टर फाइनलमा क्रोएशिया र ब्राजिल भिड्दै- को बलियो ? - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

क्वार्टर फाइनलमा क्रोएशिया र ब्राजिल भिड्दै- को बलियो ?



फिफा विश्वकप अन्तर्गत आजबाट क्वार्टर फाइनलका खेल हुँदै छन्। पहिलो खेलमा क्रोएशिया र ब्राजिल भिड्नेछन्।

यो खेल नेपाली समयअनुसार, राति ८:४५ बजे कतारको इजुकेशन सिटी रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता ४४ हजार ६६७ दर्शक अटाउने रहेको छ।

क्रोएशिया जापानलाई पेनाल्टीमा हराउँदै क्वार्टर फाइनलमा पुगेको हो। निर्धारित समयका दुवै टोलीले १-१ गोल गरेका थिए। त्यसपछि पेनाल्टीमा क्रोएशियाले जापानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

त्यस्तै, दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टर फाइनलमा पुगेको हो। ब्राजिलले दक्षिण कोरियासँगको प्रिक्वार्टर फाइनल खेल ४-१ गोल अन्तरले जितेको थियो।

अहिलेसम्म विश्वकप र अन्य गरी क्रोएशिया र ब्राजिलले चार खेलमा प्रतिस्पर्धा गरेका छन्। चारै खेल ब्राजिलले जितेको छ।

क्रोएशियाले दक्षिण अमेरिकी देशविरुद्ध खेलका विश्वकपका पाँच खेलमा चार खेल हारेको छ। सन् २०१८ मा अर्जेन्टिनासँग भने जितेको थियो। ब्राजिलसँग खेलेका विश्वकपका दुवै खेल हारेको छ।

त्यस्तै, ब्राजिलले पनि विश्वकपमा युरोपियन देशसँग खेलेका नकआउट चरणका पछिल्ला पाँच वटै खेल हारेको छ। सन् २००२ को फाइनलमा ब्राजिलले जर्मनीलाई हराएको थियो, त्यसयता युरोपियन टोलीलाई नकआउट चरणमा हराउन सकेको छैन।

सन् २०१८ को विश्वकप फाइनल बाहेक क्रोसियाले विश्वकप र युरोकपमा खेलका नकआउट चरणका आठ खेलमा सात खेल पेनाल्टीमा पुगेका छन्। जसमा क्रोसियाले चार खेल जितेको छ।

आज क्रोएशियालाई पराजित गरेमा ब्राजिलको सेमिफाइनल यात्रा नौं पटक हुनेछ। सबैभन्दा बढी १२औं पकट जर्मनी सेमिफाइनलमा पुगेको छ।