लोकसेवा आयोग लुम्बिनी प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

लोकसेवा आयोग लुम्बिनी प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी



काठमाडौं । प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

खुला तथा समाबेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका उमेदवारलाई दरखास्त आह्वान गरेको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको छ ।

पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ ।