वाद र विचारभन्दा माथि उठ्न विश्वप्रकाश शर्माको आह्वान - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

वाद र विचारभन्दा माथि उठ्न विश्वप्रकाश शर्माको आह्वान



नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताएका छन् ।

झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा मंगलबार धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उनले मतदातासमक्ष गरेका वाचा पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे ।

‘लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आ–आफ्नो स्थानबाट योगदान गरिरहनुभएको छ,’ शर्माले भने, ‘देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।’

त्यस्तै नवनिर्वाचित प्रदेशसभा (१) का सदस्य गोपाल तामाङले आफूले गरेका वाचा पूरा गर्ने उल्लेख गर्दै मतदातालाई कहिल्यै निराश नबनाउने बताए । प्रदेशसभा (२) उपविजेता श्यामवीर लिम्बूले चुनावमा हारे पनि जनजीविकासँग जोडिएका हरेक काममा सक्रिय भएर लाग्ने बताए ।