ब्राजिलको खेल हेर्दा आड्रियानो दम्पतिको सम्वन्ध विच्छेद - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

ब्राजिलको खेल हेर्दा आड्रियानो दम्पतिको सम्वन्ध विच्छेद



कतारमा जारी विश्वकप फुटबलकै कतिपय रोचक घटना घटिरहेका छन् । ब्राजिलका पूर्वस्टार आड्रियानोको विश्वकपका कारण सम्वन्ध विच्छेद भएको छ ।

ब्राजिलको खेल हेर्न दुई दिन हराएका ब्राजिलका पूर्वस्टार आड्रियानोको सम्वन्ध विच्छेद भएको छ। आड्रियानोले २४ दिनअघि मिकाएला मेस्क्युटासँग विवाह गरेका थिए।

ब्राजिलको खेल हेर्न हराएका आड्रियानो महिलाको मामिलामा पहिलेदेखि कमजोर रहेको स्थानीय पत्रपत्रिकाले बताएका थिए। यही कुरालाई लिएर आड्रियानोको आफ्नो श्रीमतीसँग झगडा भएको थियो।

उनले सन् २०१५ मा फ्रेञ्च क्लब हाभ्रेमा आफ्नो अनुबन्ध समझौंता असफल भएपछि १८ जना ‘कलगर्ल’ सँग रात बिताउन १३ हजार स्टर्लिङ पाउण्ड खर्चेको बताइएको छ।

आड्रियानो स्विट्जरल्याण्डविरूद्ध ब्राजिलको खेल साथीहरूसँग बसेर हेर्न रियो दि जेनेरिया जिल्लामा पर्ने भिला क्रुजेइरो पुगेका थिए। इन्टर मिलानका यी पूर्व स्ट्राइकरले पनि आफू दुई दिन साथीहरूसँग बसेर फुटबल हेर्न निस्किएको बताएका थिए।