दोलखामा झन् रोचक परिणाम- मतगणना अन्तिम चरणमा पुग्दा उछिनपाछिन - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

दोलखामा झन् रोचक परिणाम- मतगणना अन्तिम चरणमा पुग्दा उछिनपाछिन



दोलखा। दोलखामा प्रतिनिधिसभाको नतिजा रोचक बन्दै गएको छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की र नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीबीच मतान्तरको लुकामारी चलिरहेको छ ।

छिनछिनमा दुवै उम्मेदवार अघि र पछि परिरहेका छन् । मतगणना अन्तिम चरणमा पुगेको बताइएको छ ।

अहिले नेकपा माओवादीका गंगा कार्की १ सय १४ मतान्तरले अघि छन् । कार्कीले ३३ हजार ७०७ मत ल्याउँदा शिवकोटीले ३३ हजार ५९३ मत ल्याएका छन् ।