यस्तो छ पछिल्लो समानुपातिक मत परिणाम - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

यस्तो छ पछिल्लो समानुपातिक मत परिणाम



काठमाडौं- प्रतिनिधिसभा समानुपातिक तर्फको हालसम्म १ करोड ३ लाख ९२ हजार ९३४ मतगणना भएको छ। हालसम्म गणना भएको मतमध्ये नेकपा एमाले २७ लाख ७९ हजार ७६ मतका साथ अग्रता कायम गरिरहेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत पाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार १५५ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २७ मत पाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालले ४ लाख २० हजार ९३८ मत पाएको छ। जनमत पार्टीले ३ लाख ९४ हजार ३६८ मत पाएको छ।

नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ८३ मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७८ मत पाएको छ।