दोलखामा कार्कीले उछिन्दा सिवाकोटी पछाडी - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

दोलखामा कार्कीले उछिन्दा सिवाकोटी पछाडी



दोलखामा नेकपा (माओवादी केन्द्र)का उमेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्।

पछिल्लो मत परिणाम अनुसार यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ७ हजार ९ सय ९५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २ सय ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उनीहरुबीच ७ सय मतको अन्तर रहेको छ।

अहिलेसम्म १७ हजार २ सय ७२ मत गणना भएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनका अनुसार यहाँ ६ सय ८८ मत बदर भएको छ।