आन्दोलन गरी सार्वजनिक सम्पत्तिमा क्षेती पुगे क्षतिपूर्ति भराइने - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

आन्दोलन गरी सार्वजनिक सम्पत्तिमा क्षेती पुगे क्षतिपूर्ति भराइने



काठमाडौं महानगरपालिकाभित्र रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिमा नोक्सान पु-याए सम्बन्धित पक्षबाटै त्यसबापतको क्षतिपूर्ति भराइने भएको छ।

काठमाडौंमा विभिन्न समयमा भइरहने विरोध प्रदर्शन, आन्दोलनलाई लक्षित गर्दै महानगरले आज सार्वजनिक सूचना जारी गरी सचेत गराएको हो।

महानगरले भनेको छ, ‘यस सूचनाको उल्लंघन गरी कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा, क्षति पुर्याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुनअनुसार कारबाही एवं हानि नोक्सानीबापतको क्षतिपूर्ति समेत कानुनबमोजिम भराइने व्यहोरा समेत यसै सूचनामार्फत सूचित गरिन्छ।’

महानगरभित्रका सरकारी, सार्वजनिक र सामुदायिक सम्पत्ति संरक्षणको दायित्व समेत आफ्नो रहेको महानगरले जनाएको छ। महानगरले संघ, संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जो कसैले जुनसुकै तरिका वा प्रक्रियाबाट त्यस्ता सम्पत्तिको नोक्सान गर्ने, क्षति गर्ने, नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्य निषेध गरिएको सूचनामा उल्लेख छ।