सञ्चारिका समूहद्वारा सञ्चालित ३ दिने नेत्तृत्व विकास तथा उद्घोषण कला तालीम सम्पन्न - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सञ्चारिका समूहद्वारा सञ्चालित ३ दिने नेत्तृत्व विकास तथा उद्घोषण कला तालीम सम्पन्न



हिमाल पोस्ट /बुटवल ,असार १ 

सञ्चारिका समूह लुम्बिनी र बुटवल उपमहानगरपालीकाको  संयुक्त आयोजनामा सञ्चालित ३ दिने नेत्तृत्व विकास तथा उद्घोषण कला तालीम एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

तालिम समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका विशिष्ट सामाजिक अधिकृत दामोदर त्रवालीले उपमहानगरपालीकाका विभिन्न वार्डबाट महिलाहरूलाई सम्मिलित गराएर आफ्ना कुरा अरूका अघि निर्धक्कका साथ राख्न सक्ने क्षमताको विकास गर्ने  उद्धेश्यले सञ्चारिका समूह लुम्बिनीले उपमहानगरपालिका सँग गरेको सहजीकरण्को प्रशंसा गर्दै सिकेको कुरालाई व्यवहारमा उतारी अघि बढ्न महिला दिदीबहिनीलाई सुझाउनुभएको थियो ।

वहाँले आगामी दिनमा पनि महिला लक्षित यस्ता कार्यक्रम उपमहानगरपालीकाले सञ्चालन गरी महिलाहरूलाई सहयोग गर्ने समेत बताउनुभयो । कार्यक्रममा प्रशिक्षार्थीहरु काजल रोका, श्यामकली आचार्य , जमुना पाण्डे लगायतले बोल्दै यस्तो तालिमले आफूमा भएका डर हटाउंदै बोल्न सकिने कला सिक्न पाएकोमा खुसी व्यक्त गर्दै तालिम आयोजना गरी प्रशिक्षण दिएकामा आयोजक संस्थालाई धन्यवाद दिनुभएको थियो । यस्तै कार्यक्रममा प्रशिक्षक निरु गौतम, सन्जु पौडेल लगायतले भनाई राख्नुभएको थियो ।

सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी माया भण्डारीले गर्नुभएको थियो ।