गठबन्धनले भोट नलगेको भए एमाले पहिलो पार्टी हुन्थ्यो- केपी ओली - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

गठबन्धनले भोट नलगेको भए एमाले पहिलो पार्टी हुन्थ्यो- केपी ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले लोकतन्त्रको नाममा तमासा गरिरहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धनले लुटेको दाबी गरे।

‘यो दुःखद छ, लोकतन्त्रको नाममा गरिएको तमासा यो गठबन्धन सरकारले गरिराखेको छ्। एमाले प्रमुख पार्टीमा त सजिलोसँग आउन सक्थ्यो,’ ओलीले भने, ‘तपाईको खल्तीमा मेरोभन्दा बढि पैसा हुन सक्छ। तर मैले लुटे भनेत तपाईको भन्दा मेरो बढि भइहाल्छ। अब अहिलेको गठबन्धनले त लुटेको छ। लुटे पछि पैसा बाँडेन वा प्रहरी, प्रशासन राज्य संयन्त्रको दूरुपयोग गरेन भन्न सकिन्नँ,’

अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन जस्तो नभएको जिकीर गरे।

निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफनो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सृजना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उनको आरोप थियो।

बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन साटो स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको बताए।