माओवादीले नसारौ भन्दा पनि चुनाव सार्न चाहन्छ कांग्रेस - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

माओवादीले नसारौ भन्दा पनि चुनाव सार्न चाहन्छ कांग्रेस



काठमाडौं, १ असार।

उम्मेदवारी दर्ताको अघिल्लो दिन चुनाव सार्ने विषयमा बालुवाटारमा छलफल चलिरहेको छ। बैठकमा नेपाली कांग्रेसले राजपासँग सहमति गरेर असार १४ को चुनाव सार्न प्रस्ताव गरे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मानिरहेका छैनन्।

प्रचण्ड संविधान संशोधनमा अग्रिम सहमति गरेर असार १४ मै चुनाव गर्नुपर्ने पक्षमा छन्। तर, प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका शीर्ष नेताहरु असार १४ को चुनाव सार्ने पक्षमा देखिएका छन्।

कांग्रेसले असार १४ को चुनाव सार्न खोज्नुमा पहिलो कारण चुनाव हार्ने डर नै हो। पार्टीभित्र विवाद भएका कारण दोस्रो चरणको निर्वाचनमा नतिजा अझै नराम्रो आउने कांग्रेस नेताहरुका आंकलन छ। पछिल्लो समय मधेशमा कांग्रेस नेताहरु एकाएक माओवादी केन्द्रमा प्रवेश गर्न थालेकाले पनि कांग्रेस नेताहरु आत्तिएका हुन्। कञ्चनपुर र जनकपुरका कांग्रेस नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि देउवा समेत देउवा आत्तिएको स्रोत बताउँछ।

राजपासँग मिलेर चुनाव लड्ने सोच बनाएका कारण कांग्रेस आत्तिएको हो। मधेशमा मधेशी दल चुनावमा नआउने, एमाले अध्यक्ष ओलीको बोलीले मधेशमा एमाले खस्किएको र माओवादीको जनआधार बलियो बन्दै गएको छ। यसरी दोस्रो चरणमा थप कमजोर भएपछि कांग्रेस नेताहरु चुनाव सार्न लागिरहेका छन्। तर, माओवादी केन्द्रका नेताहरु भने असार १४ मै चुनाव हुनुपर्ने अडानमा रहेको एक नेताले बताए।